पोखरामा धनराज ३ हजार २७२ मतले अघि, उपमेयरमा एमालेकी मन्जुको अग्रता


पोखरा- पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता जोगाएका छन्।
९२ हजार ५६१ मत गन्दा उनले ३७ हजार १२२ मत पाएका छन्। यो एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३ हजार २७२ मतले बढी हो।

उनलाई पछ्याएका एमालेका कृष्ण थापाले ३३ हजार ८५० मत ल्याएका छन्। उपमेयरमा भने कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मन्जुदेवी गुरुङबीच प्रतिस्पर्धा छ। उपमेयरमा कोपिलाको ३८ हजार ५७६ र मन्जुको ३७ हजार ५४५ मत रहेको छ ।

 

प्रतिक्रिया