


एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडामा ३० वर्षपछि कांग्रेसको नेतृत्व

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडा एमालेले ३० वर्षपछि गुमाएको छ। पौडेलको वडा बुटवल-८ को वडाध्यक्षमा कांग्रेसका यज्ञप्रसाद पंगेनी निर्वाचित भएका छन् । कांग्रेसका पंगेनीले एमालेका ज्ञानप्रसाद अर्याललाई ३१ मतले पराजित गरेका हुन् ।
वडाध्यक्षमा निर्वाचित कांग्रेसका पंगेनीले १५३९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अर्यालले १५०८ मत प्राप्त गरे । एमालेले २०४९ सालपछि पहिलो पटक यो वडा गुमाएको हो ।

