
अछामको पञ्चदेवल बिनायक नगरपालिकामा कांग्रेसको जित, अम्बिका बनिन् जिल्लाकै पहिलो महिला मेयर
काठमाडौं- अछाम जिल्लाले पहिलो महिला नगर प्रमुख पाएको छ। पञ्चदेवल बिनायक नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा अम्बिका चलाउने बिजयी भएकी छन्।
यसअघि नगर उपप्रमुख तथा कांग्रेस सुदूरपश्चिम प्रदेशको सहमहामन्त्री समेत रहेकी चलाउनेले ३ हजार ६ सय ५३ मत सहित यसपटक नगर प्रमुखमा बिजयी भएकी हुन्।
चलाउनेका निकटतम प्रतिद्धन्दी माओवादीका राम बहादुर बिकले ३ हजार १ सय ७२ मत प्राप्त गरे । त्यस्तै एमालेका नन्द बहादुर कडायतले २ हजार ६ सय ९७ मत प्राप्त गरे ।
माजवादीका योगेन्द्र बहादुर बिष्टले ६ सय ९२ र स्वतन्त्र उम्मेदवार टंक तिमिल्सैनाले १ सय ५४ प्राप्त गरे । नगर उप प्रमुखमा पनि कांग्रेसका उम्मेदवार हर्क बहादुर रावलले ४ हजा १ सय ८८ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रिता रावलले २ हजार ६ सय १८ मत प्राप्त गरिन् ।
एमालेका राजु सञ्ज्यालले १ हजार २ र समाजवादीका कृष्णा जैसी न्यौपानेले ८ सय ७८ मत प्राप्त गरे।



कागजपत्र |
