कांग्रेस २१७, एमाले १४२ र माओबादी ९५ स्थानीय तहमा विजयी

चार सय ८८ स्थानीय तहको नतिजा सार्वजनिक


काठमाडौं । स्थानिय तहको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार सत्तारुढ नेपाली कांग्रेसले दुई सय १७ वटा स्थानीय तहमा विजय हासिल गरेको छ । उसले ९९ वटा स्थानीय तहमा अग्रता लिएको छ ।

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक सय ४२ वटा स्थानीय तहमा विजय हासिल गरेको छ । एमालेले ५७ स्थानीय तहमा अग्रता लिएको छ ।

सत्तारुढ गठबन्धनको दल माओबादी केन्द्रले ९५ स्थानीय तहमा विजय हासिल गरेको छ भने २४ स्थानीय तहमा अग्रता लिएको छ । जनता समाजबादीले ९ वटा स्थानीय तहमा जित हासिल गरेको छ भने २५ स्थानीय तहमा अग्रता लिएको छ ।

सत्ता गठबन्धनकै नेकपा एकिकृत समाजबादीले ७ स्थानीय तहमा विजय हासिल गरेको छ भने १० तहमा अग्रता लिएको छ ।

लोकतान्त्रिक समाजबादीले एउटा पनि स्थानीय तहमा जित हासिल गरेको छैन भने १० स्थानीय तहमा अग्रता लिएको छ ।
हालसम्म ६ महानगर र ११ महानगरको मत परिणाम भने आइसकेको छैन । काठमाडौं महानगर, जनकपुर र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

बिराटनगर र ललितपुर महानगरमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् भने पोखरामा नेकपा एस, भरतपुरमा माओबादी र बीरगंजमा जसपाका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया