

पोखरा महानगरपालिका-७ को मत गणना स्थगित

पोखरा – पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना स्थगित भएको छ ।
नेकपा एमालेले सत्तारुढ गठबन्धनले तोकिएको भन्दा बढी प्रतिनिधि राखेको भन्दै अवरोध सिर्जना गरेको थियो ।
सोही विषयमा विवाद चर्किंदै जाँदा एमालेले मतगणना स्थल बाहिर नाराबाजी गरेको थियो ।
विवादपछि नेकपा एमालेले आफ्ना प्रतिनिधि सबैलाई बाहिर राखेको छ । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक चलिरहेको छ ।

