भरतपुरमा रेनुलाई १३ सय ४४ मतको अग्रता


काठमाडौं- भरतपुर महानगरपालिकको मेयर पदकी उमेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १ हजार ३४४ मतको अग्रता बनाएकी छन्।

२६ हजार २६ मत गणनामा उनले ९ हजार ३६३ मत पाएकी छन्। नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ४ हजार १९१ मत ल्याएका छन् ।

प्रतिक्रिया