बाजुराको त्रिवेणी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित


काठमाडाैँ- बाजुरा जिलाको त्रिवेणी नगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कर्णबहादुर थापा र उपमेयरमा कमला न्यौपाने विजयी भएकी हुन्।

मेयरले ४७६१ तथा उपमेयरले ४७४१ मत पाएका छन्। एमालेबाट मेयरका उम्मेदवार मोतीसिंह बुढाले ३५८६ र उप मेयरमा माओवादी केन्द्रका मनराजे बुढाले ३९४ मत प्राप्त गरेका छन्। यो नगरमा ६ वटा वडामा नेपाली कांग्रेस प्यानल सहित विजयी भएको छ।

यस्तै वडा नम्बर ५ एमाले प्यानल सहित विजयी भएको छ भने वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्र प्यानल सहित विजयी भएको छ। वडा नम्बर १ मा अध्यक्ष माओवादी केन्द्र र सदस्यमा नेपाली कांग्रेस विजयी भएको छ।

प्रतिक्रिया