लागूऔषधसहित विराटनगरबाट एकजना पक्राउ


काठमाडौँ – मोरङको विराटनगरबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका(१ कटहरीका ३३ वर्षीय शिव नारायण साह रहेका छन् ।

भारतको जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेको समयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार राति नियन्त्रणमा लिएको हो ।

उनको साथबाट २ बोतल कोरेक्स, नाइट्राभेट २ थान, स्पासमोप्रोफेक्स २ थान बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया