
बालेनले कटाए पाँच हजार मत : स्थापितभन्दा दोब्बरले अगाडि
काठमाडौँ– काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहको मत पाँच हजार नाघेको छ। सोमबार बिहान १४ हजार ३२६ मतपत्रको गणना सम्पन्न हुँदा उनको मत ५५ सय नजिक पुगेको छ।
सोमबार बिहान ६ बजे प्राप्त मत परिणामअनुसार बालेन्द्रले ५ हजार ४४६ मत पाएका छन्। उनलाई नेकपा एमालेका
केशव स्थापितले २ हजार ९५२ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २ हजार ५७७ मतसहित तेस्रो स्थानमा छन्। काठमाडौँका २, ३, ४, ३१ र ३२ नम्बर वडामा खसेको मतपत्रको गणना चलिरहेको छ।



कागजपत्र |
