एमालेले टिकट दिएन स्वतन्त्र उम्मेदवार बनेर एमालेकै उम्मेदवारलाई हराए


काठमाडौँ– नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उठेका दौलथ कुलुङ भोजपुरको साल्पासिलिछो गाउँपालिकामा विजयी भएका छन्। एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई पराजित गरेका छन्।

विजयी भएका कुलुङले १८ सय १४ मत ल्याउन सफल भए। अर्कातिर तेस्रो भएको एमालेका अधिकारीले १३ सय ८३ मत मात्रै ल्याउन सफल भएका छन्। यहाँ उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ ( १८६२ मतसहित विजयी भएकी छन्। एमालेले फौजदारी मुद्दा चलिरहेको बताउँदै टिकट दिन अस्वीकार गरेपछि कुलुङले स्वतन्त्र उठ्दै धारो चुनाव चिह्न लिएका थिए।

स्वतन्त्र उठेपछि उनलाई बागी दिएको आरोपमा एमालेले पार्टीबाटै निष्कासित गरेको थियो। तर, उनैले निवर्तमान अध्यक्ष र एमालेका शान्ति अधिकारीलाई हराइदिएका हुन्।

प्रतिक्रिया