
विराटनगरमा अग्रता बढाउँदै कांग्रेसका नागेश कोइराला
काठमाडौँ– मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ। निर्वाचन अधिकृतको कार्यालयबाट घोषित पछिल्लो मतपरिणामअनुसार कांग्रेस नेकपा एमालेभन्दा १२ सयभन्दा बढी मतले अगाडि छ।
विराटनगरमा हालसम्म गणना १२ हजार ६९४ मतको गणना सम्पन्न भएको छ। जसमध्ये महानगर प्रमुखका कांग्रेस उम्मेदवार नागेश कोइराला ४ हजार ३० मतका साथ अग्रस्थानमा छन्।
उनलाई एमाले उम्मेदवार सागर थापाले २ हजार ८११ मतले पछ्याएका छन्। स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ३३९ मत प्राप्त गर्दा राप्रपाका प्रह्लाद साहले ६९६ ल्याएका छन्।
महानगरको उपप्रमुखमा भने एमालेकी शिल्पा कार्की ३ हजार २२९ मतका साथ अग्रस्थानमा छन्। उनलाई जनता समाजवादी पार्टीका उम्मेदवार अमरेन्द्र यादव २ हजार २८९ मतले पछ्याइरहेका छन्।
राप्रपाले महानगर उपप्रमुखका लागि चुनावी प्रतिष्पर्धामा उतारेकी विन्दा लुइँटेलले ८६५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ७३२ मत ल्याएकी छन्।



कागजपत्र |
