

हरिनासकाे अध्यक्षमा एमाले विजयी, गठबन्धन ३७ मतले पराजित

स्याङ्जा – स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का खिमनारायण मानन्धर विजयी भएका छन् ।उनले गठबन्धन अन्तर्गतका नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पराजित गर्दै विजयी भएका हुन् ।
मानन्धरले चार हजार सात सय ६९ मत ल्याउँदा भुजेलले चार हजार सात सय ३२ मत ल्याएका हुन् ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकै ईन्द्रकुमारी राना विजयी भएकी छिन् । उनले चार हजार सात सय ४० मत पाएको छ । गठबन्धनअन्तर्गत माओवादीका मिठु लम्सालले चार हजार सात सय १६ मत ल्याएकी छिन् ।
सातवटा वडा रहेको हरिनासको वडा नम्बर १ मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका ईन्द्रबहादुर गुरुङ, वडानम्बर २ मा कांग्रेसकै चित्रबहादुर थापा, वडानम्बर ३ मा ओमप्रकाश सिग्देल, वडानम्वर ४ मा सन्तबहादुर थापा, वडानम्बर ५ मा निर्मल लम्साल, ६ मा दिलबहादुर राना र वडा नम्बर ७ मा भरत थापा विजयी भएका छन् ।

