

भरतपुरमा रेनुकाे अग्रता कायमै, विजय सुवेदी ५२ मतले पछि

चितवन – भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालकाे अग्रता कायमै छ । पाँच हजार ६ सय ७७ मतगणना हुँदासम्म दाहालले २ हजार ६ मत प्राप्त गरेकी छिन् ।
यस्तै उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी दाहाल भन्दा ५२ मतले पछि छन् । सुवेदीले १ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले ६ सय ५१ मत प्राप्त गरेका छन् ।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार दुई सय एक मत प्राप्त गरेका छन् । राप्रपाकी हिमला गुरुङले एक हजार पाँच सय ७१ मत प्राप्त गरेका छिन् ।

