

सेनालाई पहिलो घेरामा राखेर सर्लाहीको धनकौलमा मतदान सुचारु

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलस्थित दुईवटा मतदान केन्द्रमा ७ घण्टादेखि अवरुद्ध मतदान दिउँसो ३ बजेदेखि सुचारु भएको छ। पटकपटकको झडपका कारण बिहान ८ बजेदेखि मतदान कार्य अवरुद्ध भएको हो।
मतदान केन्द्रमा सेनालाई पहिलो घेरामा राखेर दिउँसो ३ बजेबाट मतदान कार्य सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । ‘अब ५ बजेसम्म मतदान स्थलको घेराभित्र प्रवेश गरिसक्ने मतदाताले मतदान गर्न पाउनेछन्,’ प्रजिअ अधिकारीले भने।
केहीबेर अघि मतदान स्थललाई सेनाको नियन्त्रणमा राखेर मतदान कार्य सुचारु गराइएको छ । जिल्लास्थित अधिकांश मतदान केन्द्रहरुमा भने मतदान कार्य सुचारु छ।

