


मेलम्ची र पाँचपोखरीमा उत्पन्न तनाव साम्य, मतदान सुचारु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची-४ र पाँचपोखरी थाङपाल-२ को याङ्ग्री मतदान केन्द्रमा बिहान केही बेर उत्पन्न तनाव अहिले साम्य भएको छ ।
मेलम्ची ४ मा अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई आफन्तले नभई दलका प्रतिनिधिहरूले मतदान गर्न सघाएपछि केही बेर तनाव भएको थियो । अहिले स्थिति सामान्य रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको सिन्धुपाल्चोकका निर्वाचन अधिकृतले जानकारी दिए।
यसैगरी पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि केही बेर तनाव भएको थियाे । अहिले त्यहाँ पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

