

हिमाली भेगमा बिहानैदेखि वर्षा, मतदान प्रभावित

हुम्ला – हुम्लासहित हिमाली भेगमा बिहान ९ बजेसम्म पानी परिरहेकोले केही केन्द्रमा मतदान अवरोध भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हुम्लाको केही ठाउँमा बिहानैदेखि पानी परिरहेकाले मतदान शुरू हुन नसकेको बताए ।
‘हुम्लासहित हिमाली भेगमा पानी परिरहेकाले मतदान सुचारु हुन सकेको छैन, तर अहिले पानी रोकिने सम्भावना रहेकाले त्यहाँ पनि मतदान सुचारु हुँदैछ,’ उनले भने, ‘त्यसबाहेक दोलखामा अवरुद्ध भएको एउटा स्थानको मतदान पनि शुरु हुँदैछ ।’
निर्वाचन शुरु भएको २ घण्टामा कति मत खस्यो भन्ने विवरण अहिलेसम्म नआएको उनले बताए ।

