गोरखामा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप


गोरखा – मौन अवधिमा चुनावी गतिविधि गरिरहेका कांग्रेस र माओवादी कार्यकर्ताबीच बुधबार राति झडप भएको छ । अजीरकोट गाउँपालिका १ घ्याच्चोकमा राति १० बजेतिर भएको झडपमा माओवादीका दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

कुटाकुट हुँदा स्थानीय बेलबहादुर गुरुङको दुईवटा दाँत भाँचिएको छ भने अर्का विष्णु भुजेल पनि घाइते भएका प्रहरीले जनाएको छ । बुधबार बिहान मतदानकेन्द्रमा भएको सर्वदलीय बैठकमा विवाद भएको विषयमा राति मापसे गरी थप विवाद हुँदा कुटाकुट भएको बुझिएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

‘जाहेरी दिन्छु भन्ने मौखिक खबर आएको छ तर, अहिलेसम्म जाहेरी आएको छैन,’ उनले भने ।

प्रतिक्रिया