५ प्रेस संगठनका अध्यक्षलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


काठमाडाैं – सत्ता गठबन्धनको पक्षमा मतदान गर्न अपिल गर्ने ५ प्रेस संगठनका अध्यक्षलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेललाई निर्वाचन आयोगले आज (आइतवार) स्पष्टीकरण सोधेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको प्रेस विज्ञप्तीमा ‘स्वतन्त्र पत्रकारहरूको पेशागत संगठनको तर्फबाट हस्ताक्षरकर्ताहरूले विज्ञप्ती जारी गर्नु निर्वाचन आचार संहिता विपरीत हुन्छ कि हुँदैन , स्वतन्त्र पत्रकारहरूको पेशागत संगठनको अध्यक्ष/ सचिवले कुनै अमुक राजनीतिक दलको/दलहरूको पक्ष वा विपक्षमा जारी गर्न मिल्छ कि मिल्दैन ?’ उल्लेख गरिएको छ।

त्यसैगरी विभिन्न प्रश्नहरू उल्लेख गर्दै सोको जबाफ २४ घन्टा भित्र पेश गर्न आयोगले भनेको छ।

प्रतिक्रिया