नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा


काठमाडौं – नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचथरमा तत्कालीन एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले पाँचथरको तुम्वेबा गाउँपालिका(४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजुकुमार गच्छदारविरुद्ध मुद्दा दायर गरेको हो ।

गच्छदारले पीसीएलको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिएको उजुरी परेपछि उनीमाथि अनुसन्धान गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अनुसन्धानको क्रममा गच्छदारले नक्कली प्रमाणपत्र पेस गरी सरकारी लाभ लिएर भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको उनले बताए ।

प्रतिक्रिया