बर्दियामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता


बर्दिया – बर्दियाको गेरुवा कर्णाली नदीस्थित कोठियाघाटमा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् ।

मधुवन नगरपालिका-३ धनौरा निवासी २४ वर्षीय दिलीप थारू पौडी खेल्ने क्रममा आज डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उनको खोजी भइरहेको नायब उपरीक्षक सापकोटाले बताए ।

प्रतिक्रिया