आचारसंहिता विपरीतका सामाग्री प्रकाशन गरे कारबाही हुन्छ : आयोग


काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचारसंहिताविपरीतका सामाग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोष्ट गरेमा कडा कारबाही गर्ने जनाएका हुन् ।

निर्वाचन आचारसंहिताविपरीतका सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने उनले प्रष्ट पारे । चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ बमोजिम कारबाही गरिने उल्लेख गरे ।

प्रतिक्रिया