सभामुख सापकोटा र चिनियाँ जनसंसद्का सभामुखबीच छलफल


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ जनसंसद्को स्थायी समितिका अध्यक्ष (सभामुख) ली झान्सुबीच आज छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार आज उनीहरुबीच श्रव्यदृश्यका माध्यमबाट छलफल भएको हो । छलफलका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो ।

दुवै देशका सांसदहरुको नियमित भ्रमण आदानप्रदान एवं अनुभव साटासाट गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो । सभामुख सापकोटाले चिनियाँ जनकंग्रेसका अध्यक्ष लीलाई नेपाल भ्रमणको निमन्त्रणा दिए ।

यस्तै चिनियाँ सभामुखले पनि सभामुख सापकोटालाई चीन भ्रमणका लागि आमन्त्रण गरेका थिए । छलफलमा सङ्घीय संसद् सचिवालयका अधिकारीसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत सहभागिता थियो ।

प्रतिक्रिया