गभर्नर अधिकारी भाेलिदेखि नै नियमित कार्यालयमा उपस्थित हुने


काठमाडाैं – सर्वोच्च अदालतको मंगलबारको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भाेलि बुधबारदेखि नै कार्यालयमा उपस्थित हुने भएका छन् ।

निलम्बनमा परेका अधिकारीलाई नियमित काममा फर्कन अदालतले बाटो फुकाइदिएपछि उनले भोलिबाटै नियमित काम गर्ने भएका हुन् ।नेपाल सरकारको मन्त्री परिषदले गत चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्न भन्दै समिति गठन गरेको थियो ।

सो निर्णयविरुद्ध उनले दायर गरेको रिटमा सर्वोच्चले मंगलबार सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतको प्रारम्भिक निर्णयले राष्ट्र बैंकको गरिमा र स्वयत्तता जोगाएको उल्लेख गर्दै उनले भने, ‘अदालतको आदेश आएपछि भोलि देखि नै कार्यालय उपस्थित भई नियमित काम गर्छु ।’ सर्वोच्च अदालतले गभर्नर​लाई निलम्बन गरेको पत्राचार तत्कालका लागि कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

प्रतिक्रिया