
विभिन्न अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं – प्रहरीले विभिन्न स्थानबाट विभिन्न अवैध लागु औषधसहित विभिन्न व्यक्तिलाइ पक्राउ गरेकाे छ ।
चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १ सय ४५ ट्याब्लेट नाईट्राभेट सहित धनुषा मिथिला नगरपालिका बस्ने २० वर्षीय शुभास कुमार महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र। ०३( ००१ ख २१३० नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, लहान नगरपालिका-३ अस्पताल चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ३७ एम्पुल, फेनारगन ३७ एम्पुल र डाईजेपाम ३७ एम्पुल सहित खोटाङ रुपाकोट मझुवागढी नगरपालिका-१४ वुईपा बस्ने २५ वर्षीय मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । बा. २७ प २४८४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, बरहथवा नगरपालिका-२ हजरिया बजार बस्ने ६० वर्षीय जयलाल महतोलाई करिब १ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हजरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कोठाभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
