उमेदवारविरुद्ध परेको उजुरीमाथि आज र भोलि जाँचबुझ


काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ ।

आयोगले हिजो उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । हिजो बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो ।

भोलि (१५ गते) साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।

१७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।

प्रतिक्रिया