एसइई नसकिँदै कक्षा ११ मा भर्ना प्रचार, काठमाडौं महानगरले दियो कारबाहीको चेतावनी


काठमाडाैँ- एसइईको नतिजा प्रकाशन भएपछि मात्र कक्षा ११ मा नयाँ भर्ना प्रक्रिया सुरु गर्न कामाडौं महानगरपालिकाले विद्यालय र कलेजहरुलाई आग्रह गरेको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईईं) चलिरहेकै बेला केही विद्यालय र कलेजले कक्षा ११ मा भर्नाका लागि विज्ञापन र प्रचारप्रसार गर्न थालेपछि काठमाडौं महानगरपालिकाको शिक्षा विभागले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो।

एसइई परीक्षा चलिरहेकै बेला कक्षा ११ मा नयाँ विद्यार्थी भर्नाको सूचना सम्प्रेषण गर्दा विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा  हुने र शिक्षा क्षेत्रमा अराजकता सृजना हुने महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिकाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जारी गरेको परिपत्रमा भनिएको छ, ‘यस परिपत्रको विपरित भए गरेको पाइएमा नियमानुसार भइजाने व्यहोरासमेत जानकारी गराइन्छ।’

प्रतिक्रिया