
कांग्रेस तनहुँका निवर्तमान सचिवद्वारा राजीनामा
दमाैली – नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका निवर्तमान सचिव विश्व बाँस्तोलासहित पाँच जनाले पार्टीबाट राजीनामा दिएका छन। उनीहरुले आज पत्रकार सम्मेलन गर्दै पार्टी सभापति जीतप्रकाश आले समक्ष राजीनामा दिएका हुन।
दुई कार्यकाल सचिवको भूमिका निर्वाह गरिसकेका बाँस्तोलाले पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिएको बताए। उनले भने, ‘पार्टीभित्र गुट उपगुट मौलाउँदै गएको अवस्थामा त्यसलाई चिर्दै अघि बढ्नुपर्छ भनेर सक्रिय भूमिका खेल्दै आए, तर त्यो सह्य भएन।’
बाँस्तोलासहित कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, कांग्रेस व्यासनगर समितिका निवर्तमान सचिव चूडामणि दाहाल, शुक्लागण्डकी नगरपालिकाका नगरसचिव दीपेन्द्र पौडेल, दीर्घबहादुर थापालगायतले राजिनामा दिएको बताइएको छ।



कागजपत्र |
