हत्या आरोपमा तीनजना पक्राउ


तनहुँ- कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा तनहुँ शुक्लागण्डकी नगरपालिका १० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका ८ बस्ने २५ वर्षीय सुशिल बिक र सोही नगरपालिका ३ बस्ने ४७ वर्षीय होम बहादुर बिक रहेको प्रहरीले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका ५ गल्छिना बस्ने २९ वर्षीय बिशाल ढुङगाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया