पाँचथरमा एक प्रहरीको शव फेला, पहिचान हुन सकेन


काठमाडौँ– पाँचथरमा नेपाल प्रहरीको पोशाकमा एक शव फेला परेको छ। कुम्मायक गाउँपालिकामा प्रहरीको बर्दी लगाएको बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ।

कुम्मायक १ ओर्दिनमा शव फेला परेको हो। उक्त शव जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्।

यासोक बजारमा लाग्ने त्रिसाली मेलामा सुरक्षार्थ खटिएका श्रेष्ठ वैशाख ३ गतेदेखि हराइरहेका थिए। डियुटी समयमै यासोक बजारबाट हराएका उनको खोजी भइरहेको पाँचथर प्रहरीले जनाएको छ।

आइतबार दिँउसो सडकमा मोबाइल सेट फेला पारेपछि स्थानीयले आसपासमा हेर्दा प्रहरीको बर्दी लगाएका व्यक्तिको शव देखेका थिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी राकेश थापाले प्रहरी हवल्दार हराइरहेको भए पनि शव सड्ने अवस्थामा पुगेकाले परिवारका सदस्यको उपस्थितिबिना पहिचान गर्न कठिनाइ भइरहेको बताए।

प्रतिक्रिया