
६ लाख ४१ हजार नगदसहित मोरङबाट ७ जना जुवाडे पक्राउ
विराटनगर – प्रहरीले ६ लाख ४१ हजार नगदसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ ।
हिजो (आइतबार) मोरङको ग्रामथान गाउँपालिका(४ कटहराबाट सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरू झापा, सुनसरी र मोरङका रहेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार झापाको मेचीनगर नगरपालिका(६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका(२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका(६ का ४४ वर्षीय सन्तोष थापामगर, मोरङ ग्रामथान(५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान(४ का ४७ वर्षीय सत्यनारायण राजवंशी जुवा खालबाट पक्राउ परेका छन् ।
सो स्थानमा एक वर्षदेखि नियमित जुवाको खाल सञ्चालन गरिएको सूचना पाए पनि यसअघि पटक(पटक प्रयास गर्दा प्रहरी असफल भएको थियो ।
पक्राउ परेका विरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।



कागजपत्र |
