बुद्ध एयरको जहाजमा भेटियाे १० हजार ८ सय अमेरिकी डलर


काठमाडौं – भद्रपुरबाट काठमाडौँ आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर भेटिएको छ ।जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको हो ।

नेपाल प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा १ सय दरका १ सय ८ थान नोट भेटिएको हो । यस्तो रकम १० हजार ८ सय अमेरिकी डलर हुन आउँछ ।

प्रहरीले डलर बरामद गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको नेपाल प्रहरीले जानकारी गराएको छ ।

यो रकम शनिबार साँझ बरामद भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया