सुन र मोबाइलसहित विमानस्थलबाट ३ जना पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित ३ जना नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हिमालय एयरलाइन्समार्फत दुबईबाट काठमाडौं आएका सिरहा मिर्चैया नगरपालिका-२ का सुमन कुमार कापर, दाङ् तुल्सिपुर उपमहानगरपालिका-६ का प्रताप चौधरी र रोल्पा त्रिवेणी गाउँपालिका-३ का खेमराज डाँगी रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

उनीहरुको साथबाट भन्सार छलि गर्दै लैजाँदै गरेको अवस्थामा ४ थान आइफोन मोबाइल र करिब ८ लाख ६५ हजार ४६ रुपैयाँबराबरको सुनसहित बरामद गरेको सुरक्षा कार्यालयले जनाएको छ।

प्रतिक्रिया