१ लाख ५० हजार रुपैयाँ घुससहित मालपाेत कार्यालयका प्रमुख पक्राउ


ताप्लेजुङ – ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत लेखा पनेरु घुससहित पक्राउ परेका छन् । पनेरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस रकम लिइरहेका बेला पनेरुलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

गएको साउनदेखि चलेको यो प्रक्रियाको कागजी प्रक्रिया भइसकेको र लेनदेनकै कारण सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा पनेरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया