

५० थान गोलीसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विमानमार्फत् भद्रपुर जाने क्रममा रहेका एक व्यक्ति ठूलोमात्रामा गोलीसहित विमानस्थलबाटै पक्राउ परेका छन् ।
श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गरेका झापा मेचीनगर –२ का बद्रीहाङ राई विमानस्थलमा सुरक्षाजाँचको क्रममा पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित पक्राउ परेको विमानस्थल स्रोतले जनाएको छ ।
पक्राउपछि उनलाई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

