सारेगम लिटिल च्याम्सको उपाधि आर्यनंन्दालाई


काठमाडौं । भारतीय गायन रियालिटी शो सारेगामापा लिटल च्याम्प्स–२०२० को विजेता १२ वर्षीया आर्यनंन्दा बाबु बनेकी छन् । बुधबार साँझ सम्पन्न ग्राण्ड फिनालेमा आर्यनन्दा बाबु ८औं सिजनको विजेता बनेकी हुन् ।

भारतको केरलाका लागि आर्यनन्दालाई हिन्दी बोल्न आउँदैन । तर गाउन भने उनी मज्जाले सक्छिन् । उनले सारेगामापामा हिन्दी गीत गाएर लाखौं दर्शकको मन जित्न सफल भएकी छन् । उनले ट्रफीका साथै ५ लाख रुपैयाँ पुरस्कार पाएकी छन् ।

आर्यनन्दाले विजेता भनेपछि भनिन्, ‘म यस आइडलको विजेता बने भन्नेमा अझै विश्वासै लागेको छैन ।’ विजेता बन्दा उनी स्टेजमा रोएकी थिइन् । यसै कार्यक्रममार्फत आर्यनन्दाले आफूले बलिउडबाट करियर सुरु गर्न चाहेको कुरा संगीतकार एआर रहमानसामु राखेकी छन् ।

त्यस्तै, सारेगामापा लिट्ल च्याम्प्स– २०२० को फस्र्ट रनरअप रानिता बनर्जी र गुरकीरत सिंह सेकेण्ड रनरअप भएका छन् । गत वर्ष यस प्रतियोगिता नेपालमा प्रितम आचार्य सेकेण्ड रनरअप भएका थिए ।

प्रतिक्रिया