भक्तपुरको प्रतीक्षालयमा पुरुषको शव, पहिचान खुलेन


भक्तपुर – भक्तपुको चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरुष मृतावस्थामा भेटिएको छ। ताथलीको नाला सडकको सोल्टी मोडमा सडकपेटीको प्रतीक्षालयमा बुधबार नाम, वतन नखुलेको पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ।

करिब ३५/३६ वर्षको कालो वर्णको तराईवासी जस्तो देखिने पुरुषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएर घटना अनुसन्धान र शव पहिचानका लागि प्रयास सुरु गरेको जानकारी दिएको छ।

प्रतिक्रिया