पालिका प्रमुख र अध्यक्ष भएका यी ३९ ठेकेदारलाई उम्मेदवार हुन बाटो खुल्यो

सर्वोच्च अदालतको आदेशकाे सन्देश


काठमाडौं । आफ्नै नाममा निर्माण व्यवसाय कम्पनी संचालन गरी आफै नगरको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष भएका ३९ जना ठेकेदार जनप्रतिनिधिलाई आगामी बैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार हुने बाटो खुलेको छ ।

सर्वोच्च अदालतले सम्बन्धित पालिकामा ठेक्का कारोबार नभएका ठेकेदारलाई उम्मेदवार बन्नबाट नरोक्न निर्वाचन आयोगका नाममा बुधबार यस्तो आदेश जारी गरेको हो । यादव श्रेष्ठले निर्वाचन आयोगलाई विपक्षी बनाई दिएको उत्प्रेषणको माग गर्दै दायर गरिएको रिटमामाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो ।

ठेक्का कारोबार भएका स्थानीय तह वाहेकका अन्य स्थानीय तहमा उम्मेदवार हुनबाट नरोक्न सर्वोच्चले आदेश दिएपछि हाल जनप्रतिनिधि रहेका र नरहेका ठेकेदारहरुलाई स्थानीय तहको हरेक पदमा उम्मेदवार हुन पाउने बाटो खोली दिएको हो ।

सर्वोच्च अदालतको आदेशपछि १५ वटा नगरपालिकाका प्रमुख (मेयर), २ जना उपप्रमुख (उपमेयर) र २३ जना गाउँपालिका अध्यक्षसहित करिव पाँच सय बढी वडाध्यक्ष र वडा सदस्य भएका निर्माण व्यवसायीलाई आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने बाटाे खुलेकाे हाे ।

यी हुन नगरपालिकाको प्रमुखमा निर्वाचित निर्माण व्यवसायीहरु

सुजाता कन्स्ट्रक्सनका भरतबहादुर केसी भीमेश्वर नगरपालिका दोलखा, यती विल्डर्सका गोर्ख बहादुर केसी ‘सन्देश’ आठविसकोट नगरपालिका रुकुम पश्चिम, राजेन्द्र निर्माण सेवाका भीमबहादुर साउद परशुराम नगरपालिका डडेल्धुरा, सनम कन्स्ट्रक्सनका मुरारी प्रसाद खतिवडा खाँदबारी नगरपालिका संखुवासभा, कन्दना कन्स्ट्रक्सनका विदुर लिङ्थेप मादी नगरपालिका संखुवासभा, सानु कन्स्ट्रक्सनका किरण सिंह कपिलबस्तु नगरपालिका, अधिकारी निर्माण सेवाका नेत्रराज अधिकारी शिवराज नगरपालिका कपिलबस्तु, तिरुपति निमाृण सेवाका भीमबहादुर थापा सुनवल नगरपालिका नवलपरासी, भेरीगंगा नगरपालिकाका सुर्खेतका भुपेन्द्रबहादुर चन्द र सुन्दर हरैंचा नगरपालिका मोरङका शिवप्रसाद ढकाल नगरप्रमुख भएर पनि ठेकेदारकाे काम गरिरहेका छन् ।

यस्तै रतुवामाई नगरपालिका मोरङका रविन राई, आशिष निर्माण सेवाका पदमबहादुर गिरी बुढीनन्दा नगरपालिका बाजुरा, मालिकार्जुन निर्माण सेवाका अमरसिंह धामी शैलशिखर नगरपालिका दार्चुला, पण्डित निर्माण सेवाका सञ्जु पण्डित विदुर नगरपालिका नुवाकोट र इन्द्रायणी निर्माण सेवाका लबशेर विष्ट थाहा नगरपालिका मकवानपुरलाई स्थानीय तहमा उम्मेदवार हुन सर्वाेच्चले बाटो खुलाइदिएकाे छ ।

दिपायल सिलगढी नगरपालिकाका मेयर शिवराज खड्का र शिखर कन्स्ट्रक्सनका खड्ग नेपाली थाहा नगरपालिका मकवानपुरलाई पनि उम्मेदवारा हुन बाटो खुलेको छ ।

यी हुन २३ ठेकेदार गाउँपालिका अध्यक्ष

यस्तै, सन्चाद कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सन्तोष केसी छत्रेश्वरी गाउँपालिका सल्यान, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, पीएण्डके निर्माण सेवाका प्रेमबहादुर तामाङ खाँडादेवी गाउँपालिका रामेछाप, रामकृष्ण निर्माण सेवाका यमबहादुर मल्ला, जलजला गाउँपालिका पर्वत, साईनो कन्स्ट्रक्सनका बलबहादुर गुरुङ आलिताल गाउँपालिका डडेल्धुरा, अरुण बरुण सेवाका पाशाङ नुर्वु शेर्पा चिचिला गाउँपालिका संखुवासभा, एसएसएस निर्माण सेवाका श्रवण जिसी सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक, ब्लोन निर्माण सेवाका हिमल लामा भीमफेदी गाउँपालिका मकवानपुर जोगामाई निर्माण सेवाका जितबहादुर राई माई जोगमाई गाउँपालिका इलाम र आरके निर्माण सेवाका रामकुमार श्रेष्ठ फाकफोकथुम गाउँपालिका इलामलाई उम्मेदवार बन्न बाटो खुलेको छ ।

यस्तै, महेश निर्माण सेवाका बालकृष्ण आचार्य मालारानी गाउँपालिका अर्घाखाँची, केराबारी गाउँपालिकाका रोहित कार्की, पूर्ण निर्माण सेवा जगन्नाथ गाउँपालिका बाजुराका अध्यक्ष कालीबहादुर शाही, गौमुल गाउँपालिका बाजुराका अध्यक्ष हरिबहादुर रोकाया, समरी कन्स्ट्रक्सन म्यागङ गाउँपालिका नुवाकोटका अध्यक्ष आशा तामाङ, याङरिला कन्स्ट्रक्सनका योविन्द्रसिंह तामाङ दुप्चेश्वर गाउँपालिकाका नुवाकोट, गुलीभर कन्स्ट्रक्सनका धु्रव श्रेष्ठ लिखु गाउँ पालिका नुवाकोट, टीएण्डबी कन्स्ट्रक्सनका तेजबहादुर तामाङ पञ्चकन्या गाउँपालिका नुवाकोट र जिम्बा कन्स्ट्रक्सनका कान्छालाल जिम्बा महाभारत गाउँपालिका काभ्रेलाइ स्थानीय तहकाे निर्वाचनमा भाग लिन बाटाे खुल्ला भएकाे छ ।

एकता कन्स्ट्रक्सनका इश्वरचन्द्र पोखरेल तामाकोशी गाउँपालिका दोलखा, हिमाली देउढुंगा निर्माण सेवाका युधिष्ठिर खड्का विगु गाउँपालिका दोलखा, तुलसी निर्माण सेवाका गजेन्द्रबहादुर खड्का रौतामाई गाउँपालिका उदयपुर र ठेकेदार इन्द्रबहादुर भण्डारी केदारस्यूँ गाउँपालिका बझाङलाई पनि आगामी निर्वाचनमा स्थानीय तहमा आफुले ठेक्का प्रकृयामा भाग लिएको बाहेकको स्थानीय तहमा उम्मेदवार हुन बाटो खुल्ला भएको हो ।

कतिपय स्थानीया तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले आफ्ना एकाघरका परिवारको सदस्यको नाममा निर्माण व्यवसायी कम्पनीलाई संचालनमा ल्याएका छन् ।

प्रतिक्रिया