सशस्त्रका ७ एसपी भए एसएसपीका लागि बढुवा सिफारिस


काठमाडौं – सशस्त्र प्रहरी बलका ७ जना एसपी एसएसपी बढुवामा सिफारिस भएका छन् । सशस्त्रका विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिकतर्फको उक्त पदमा बढुवा सिफारिस गरिएको हो ।

सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्यतर्फ डा। मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ बढुवा सिफारिसमा परेका छन् । यस्तै, सञ्चार तथा इन्जिनियरिङतर्फ प्रमोदकुमार साह, साधारण उपसमूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेनलाई बढुवा सिफारिस गरिएको छ ।

यस्तै, कानुन उपसमूहतर्फ युवराज अर्याललाई एसएसपी बढुवामा सिफारिस गरिएको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट उनीहरु बढुवा सिफारिसमा परेका हुन् ।

 

प्रतिक्रिया