
घूससहित प्रहरी नायब निरीक्षक पक्राउ
काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक जना घूससहित प्रहरी नायव निरीक्षकलाई पक्राउ परेको छ ।
विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई अख्तियारको पोखराबाट खटिएको टोलीले मंगलबार ३८ हजार घूससहित पक्राउ गरेको हो।
म्याग्दी बस्ने धर्म कुमारी क्षेत्रीसँग पाँचथर स्थायी घर भई हाल बागलुङमा मेकानिक्सको रुपमा काम गर्दै आएका रमेश लिम्बुसँगको लेनदेनको विषयमा महतोले घूस मागेका थिए ।
महतोले सेवाग्राही लिम्बुसँग ३८ हजार घूस लिइरहेको अवस्थामा गुल्म नजिकैको क्षेत्रबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



कागजपत्र |
