‘मिसेस नेपाल’मा खुल्यो आवेदन


काठमाडौं । बिवाहित महिलाहरुको सौदर्य निखार्दै उनीहरुको ब्यक्तित्व विकाश गर्ने उदेश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगिता ‘मिसेस नेपाल–२०२०’को आवेदन खुला भएको आयोजकले जनाएको छ ।

आयोजनक इप्लानेट प्रालिले बुधबार बिज्ञाप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको हो । ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगिताको यो बर्ष कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुवै माध्यमबाट आवेदन दिनसक्ने ब्यवस्था गरिएको जनाइएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त ब्यक्तिमध्ये पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाका लागि प्रशिक्षण प्रदान गरिनेछ । २१ वर्षदेखि ५५ वर्ष उमेर बिचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यताबाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्वविकास गराउने काममा सक्रिय गराउन प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए । प्रतियोगिताको शीर्ष बिजेताले सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजकको दावी छ ।

यसअघि ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधत्व अनिला श्रेष्ठ, मनिषा डंगोल, पद्मिनी झा, रजनी थापा र मिना घिमिरेले सहभागी जनाइसकेका छन् ।

प्रतिक्रिया