७० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ


पाल्पा – प्रहरीले ७० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका(४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया