माओवादीले गर्यो भरतपुर महानगर र चार उपमहानगरमा दाबी


काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।

सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादी नेता वर्षमान पुनले भरतपुर महानगरसहित चार उपमहानगरपालिका आफूहरुले पाउनुपर्ने दाबी गरेका छन् ।

बैठकमा पुनले नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर बाँकी तीन वटा अरु दललाई दिन प्रस्ताव गरेको जनाइएको छ ।

पुनको प्र्रस्तावअुसार भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा) र पोखरा एकीकृत समाजवादीले लिने उनले प्रस्ताव गरेको स्रोतको भनाइ छ ।

माओवादीले देशभरका ११ उपमहानगरपालिकामध्ये बाराको जितपुर सिमरा, दाङको घोराही, सुनसरीको धरान र मकवानपुरको हेटौंडा उपमहानगरको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया