

गठबन्धन बैठक: महानगरको प्रमुख र उपप्रमुखको टुङ्गो भाेलि लगाउने

काठमाडौं – सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको छ ।
आइतबार बसेको बैठकमा गठबन्धनका उम्मेदवारहरूको जीत सुनिश्चित गर्ने बारेमा छलफल भएको सरकारका प्रवक्ता समेत रहेको सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
छलफल जारी रहेको बताउँदै उनले भने, ‘हामीले खडा गरेका उम्मेदवारलाई जित कसरी सुनिश्चित गराउने र कसलाई उम्मेदवार खडा गर्ने बारेमा छलफल भयो । छलफल चलिरहेको अरू एक दिन छलफल चल्न सक्छ ।’
बिहान बसेको शीर्ष तहका नेताको बैठकले सोमबार महानगरको प्रमुख र उपप्रमुखको टुङ्गो लगाउने निर्णय गरेको थियो ।

