बसको ठक्करबाट साइकल यात्रीको मृत्यु


सर्लाही – सर्लाहीको नवलपुर–मलंगवा सडकअन्तर्गत चमेलीमाई मन्दिर नजिकै आज दिउँसो भारतीय बसको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ।

हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलंगवातर्फ फर्कदै गरेको बीआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले ठक्कर दिँदा साइकल यात्री कविलासी नगरपालिका–९ का ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो।

मलंगवा नगरपालिका–१२ मा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका रायलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

दुर्घटनापछि बसका चालक फरार छन् भने बस प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया