लिगलिगकोटको संरक्षणमा जोड दिन पत्रकारको माग


गोरखानेपाल पत्रकार महासङ्घ गोरखाको १०औँ साधारणसभाले ऐतिहासिक लिगलिगकोटको जीर्णोद्धार र संरक्षणमा जोड दिन माग गरेको छ । महासङ्घको शुक्रबार र शनिबार पालुङटार नगरपालिका२ आँपपीपलमा पर्ने लिगलिगकोट दरबार परिसरमा भएको साधारणसभाले ७ बुँदे लिगलिगकोट घोषणापत्र जारी समेत गरेको थियो । भग्नावशेष अवस्थामा रहेको नेपालको ऐतिहासिक लिगलिगकोट दरबारको संरक्षण जीणोद्धार र प्रचारप्रसारमा जोड दिन आग्रह गरेको महासङ्घका गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए ।

उनले महासङ्घले जारी गरेको घोषणापत्रमा नेपाल एकीकरणको उद्गमस्थल लिगलिगकोट दरबार क्षेत्रको संरक्षण, जीर्णोद्धार, प्रचारप्रसारका साथै पुरातात्विक महत्व बोकेको यस क्षेत्रको समग्र विकासका लागि ध्यान पु¥याउन पुरातत्व विभागलगायत सम्बन्धित निकायलाई आग्रह गरेको जानकारी दिए । त्यस्तै लामो समयदेखि बन्द रहेको गोरखाको एक मात्र विमानस्थल पालुङटार विमानस्थल पुनःसञ्चालन र मध्यपहाडी लोकमार्ग द्रुत गतिमा निर्माण सम्पन्न गर्नसमेत महासङ्घले माग गरेको छ ।

महासङ्घले जारी गरेको घोषणापत्रमा पत्रकारको क्षमता अभिवृद्धि तथा वृत्तिविकासका कार्यक्रम सञ्चालनका लागि गोरखाका सबै स्थानीय तह तथा अन्य सङ्घसंस्थासँग सहकार्य तथा सहयोगका लागि आग्रह गरेको अध्यक्ष थापाले बताए । साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार आवाज विहीनको आवाज भएकाले सधैँ जनताका पक्षामा कलम चलाउनुपर्ने धारणा व्यक्त गरे ।

उनले नेपाल एकीकरणको उद्गम थलो लिगलिगकोट दरबार भग्नावशेष अवस्था रहेको भन्दै नेपाल एकीकरणको इतिहासलाई जोगाइराख्न पनि लिगलिगकोटको संरक्षण आवश्यक रहेको बताए । लिगलिगकोटको जीर्णोद्धार र संरक्षणका लागि पत्रकारले पनि कलम चलाउनुपर्ने आबश्यकता छ, उनले भने, ‘लामो इतिहास बोकेको दरबार जीर्ण छ, संरक्षण र जीर्णोद्धारका लागि पहल गरिएन भने इतिहास भेटिन पनि सक्छ ।

अध्यक्ष आचार्यले नेपाल पत्रकार महासङ्घ नेपालको सबैभन्दा पहिलो नागरिक अगुवाको संस्था रहेको भन्दै उनले महासङ्घले पत्रकारको हकहित अधिकार, मिडियाको हित, राष्ट्रिय स्वाभिमान र राष्ट्रको हित, लोकतन्त्र पक्षमा वकालत र नागरिक हितका पक्षमा प्रतिबद्ध भएर लाग्दै आएको बताए ।

महासङ्घ गोरखाले जिल्लाभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि महासङ्घको हरेक कार्यक्रमलाई रचनात्मक ढङ्गले विकास र समृद्धिसँग जोड्दै आएको छ ।

(रासस)

प्रतिक्रिया