सुनको मूल्य ६०० रुपैयाँले बढ्यो, तोलाको कति ?


काठमाडौँ-  बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  बुधबार प्रतितोला १ लाख एक हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

हिजो आइतबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया