

बेलायती र भारतीय सेनाका जर्नेलहरु काठमाडौंमा!

काठमाडौं – बेलायती सेनाका मेजर जनरल र भारतीय सेनाका लेफ्टिनेण्ट जलरल एकैदिन काठमाडौं आएका छन्।
सोमबार बिहान पौने १० बजे बेलायती सेनाका मेजर जनरल जोनाथन कोले काठमाडौं आएका हुन्। उनी कतार एअरवेजको उडानबाट दोहा हुँदै काठमाडौं आएका स्रोत बताउँछ।
त्यस्तै सोमबार दिउँसो २ बजे भारतीय सेनाका लेफ्टिनेण्ट जनरल प्रदिन चन्द्रन नायर तीन सदस्यीय टोली लिएर काठमाडौं विमानस्थल ओर्लिएका हुन्।
नयाँ दिल्लीबाट एयर इण्डियाको उडानमार्फत काठमाडौं आएका भारतीय सेनाका लेफ्टिनेण्ट जनरल नायर आसाम राइफलका महानिर्देशक समेत हुन्।

