पेस्तोलसहित दुई युवा पक्राउ


काठमाडौँ- धनुषाको जनकपुरधाममा अटोमेटिक पेस्तोलसहित दुई जनालाई पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडानम्बर–१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज.७प.७९३२ नम्बरको मोटरसाइकलमा सबार महोत्तरीको जलेश्‍वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्‍ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंहलाई पेस्तोलसहित पक्राउ गरिएको  प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रतिक्रिया