

स्थानीय तहको निर्वाचन: भागवन्डाबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै, होला त सहमति?

काठमाडौं –स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बैठक साँझ ४ बजे बस्नेछ ।
सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने जानकारी दिए । तर वैठकमा स्थानीय तहमा कुन पार्टीले कुन ठाउँ पाउने भन्ने भागबन्डाबारे छलफल हुने बताइएको छ।
बैठकमा स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएको छ ।

