
मेयरमा चुनाव लड्न पत्रकार महासंघका अध्यक्ष कांग्रेस छाडेर माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत
काठमाडौँ– नेपाल पत्रकार महासंघ, महोत्तरीका अध्यक्ष कमलेश मण्डल नेकपा ९माओवादी केन्द्र० मा प्रवेश गरेका छन्। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा महोत्तरीको मठिहानी नगरपालिकाबाट मेयरमा चुनाव लड्ने तयारीमा रहेका मण्डल नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अबिर लगाउँदै मण्डललाई पार्टीमा स्वागत गरेका हुन्।माओवादी केन्द्रका नेता तथा मधेस प्रदेशका सञ्चारमन्त्री भरत साहले मण्डललाई पार्टीको तर्फबाट मेयरको टिकट दिलाउने प्रतिवद्धता जनाएपछि उनी माओवादी केन्द्रमा प्रवेश गर्न सहमत माओवादीका एक नेताले बताए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अबिर लगाउँदै मण्डललाई पार्टीमा स्वागत गरेका हुन्।
माओवादी केन्द्रका नेता तथा मधेस प्रदेशका सञ्चारमन्त्री भरत साहले मण्डललाई पार्टीको तर्फबाट मेयरको टिकट दिलाउने प्रतिवद्धता जनाएपछि उनी माओवादी केन्द्रमा प्रवेश गर्न सहमत माओवादीका एक नेताले बताए।



कागजपत्र |
